काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघर मण्डलमा गरेको प्रदर्शनको क्रममा समातिएका अमेरिकी नागरिकलाई गृह मन्त्रालयले डिपोर्ट गर्ने निर्णय गरेको छ।
नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरूद्ध चैत १४ गते राप्रपाले माइतीघरमा प्रदर्शन गरेको थियो।
उक्त प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
ब्लिसलाई अब दुई वर्ष नेपाल आउन प्रतिबन्ध गरिएको छ।







