काठमाडौं।राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल प्रहरी हिरासतबाट छुटेका छन् ।
उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।
तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् ।
मिश्र तथा राणालाई भने म्याद थपको लागि आजै अदालत लगिएको छ ।