जनकपुरधाम ।
उसो त संसद कानून निर्माणको थलो हुनुपर्ने हो । जनताका सुखसुविधाको बारेमा चासो र चिन्ता राख्ने गरिमामय स्थान हुनुपर्ने हो । बजेट निर्माण गरी जनताका आवश्यकताहरुको वजेट मार्फत सम्बोधन गर्नुपर्ने थलो पनि संसद नै हो । तर यदाकदा संसदमा साँसदहरुको उपस्थिति कम हुने,निदाउँने ,मोवाइलमा व्यस्त रहने जस्ता विषयले चर्चा नपाएका भने होइनन् ।
यस्तै सन्दर्भमा आइतबार मधेश प्रदेशसभा बैठकमा मोबाइल नचलाउन र गेम नखेल्न सभामुख रामचन्द्र मण्डलले रुलिङ गर्न परेको अबस्था आएको छ ।
मधेश प्रदेशसभामा मोबाइल निषेध छ । तर प्रदेश सांसदहरु मोबाइल चलाउने गरेका हुन्छन् ।
यो रुलिङ नगर्नु पर्ने विषय हो । तर मैले चाहिँ रुलिङ गर्नु परेको छ । त्यसैले यसलाई सिरियसली बुझिदिनुहोला सभामुख मण्डलले भनेका छन् ।