रुपन्देही । रूपन्देही जिल्ला अदालतमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको आदेश आइतबार मात्रै आउने भएको छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणका अभियुक्त लामिछानेको मुद्दा ुहेर्दाहेर्दैुमा राखिएपछि आइतबार मात्रै थुनछेक बहस सकेर आदेश आउने अनुमान गरिएको हो ।
लामिछानेको न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस चलिरहेको छ ।
पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।
यस्तै, जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्रराज भण्डारीसहित चारजनाले बहस गरेका थिए ।