
काठमाडौं । सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
यस अध्यादेशको सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भने “अध्यादेशले राष्ट्रिय सहकारी विकास बोर्डलाई खारेज गरी सहकारी नियमन प्राधिकरणको व्यवस्था गरेको छ, यसले अनियमितता छानबिन गरी गलत गर्नेलाई कानुनी कारबाही गर्नेछ, दण्ड सजाय गर्नेछ, प्राधिकरणले टुंगो लगाउन नसक्ने विषय सम्बन्धित अदालतमा पठाउने व्यवस्था अध्यादेशमा गरिएको छ।”
हाल सहकारी सम्बन्धमा धेरै बेथितिहरु छन् । ऐनहरुमा सबै व्यवस्था नहुँदा अन्योलको अबस्था छ । यस अध्यादेशले ती सबालहरुलाई समेट्ने आँकलन सहकारीकर्मीहरुले गरेका छन् ।





