काठमाडौं । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थालेका छन्।
नेपाल विद्युत प्राधिकरणका उप(कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्। आइतबार मात्रै तीनवटा उद्योगले पहिलो किस्ता तिरेको नेपाल विद्युत प्राधिकरणका उप(कार्यकारी निर्देशक मनोज सिलवालकाले जानकारी दिए । किस्ता बुझाएका उद्योगको नाम भने उनले खुलाएनन्।
प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको लाइन काटिदिएको थियो। किस्ता बुझाउने उद्योगमा भने लाइन जोडिएको छ।