टोखा बजारबाट करिब १ कि . मी पश्चिमतिर ढल्कंदै उत्तर लागेपछि सपनतीर्थ आउंछ । सपनतीर्थ माथि शिवपुरी राष्टिय निकुन्ज भित्र अवस्थित बज्रयोगिनी देवी रहेकी छिन। यसलाई स्थानीय भाषामा गॅुभा धो भनिन्छ। गॅु को अर्थ जंगल सहितको डॅाडो हो। परापूर्व कालदेखि नै आफ्नै अस्तित्वमा रहेको गॅुभा धो को प्राकृर्तिक शिलामा पुजिन्छ। टोखावासीहरूले हाल सम्म पनि वैशाखको बिस्का : जात्रा र दशैमा कुखुरा भोग दिएर क्षमा पूजा गर्ने परम्परा छ। वाह्पकौ मान्छेलाई थाहा दिनु हॅुदैन भनि टोल वासीहरू बाट मात्र पूजिने टोखा बज्रयोगिनी सॅाखुको भन्दा पुरानो देवी रहेको विश्वास गरिन्छ। यहॅा देवताको नाउॅमा हालसम्म मूर्ति स्थापना गर्न सकेको छैन। यहॅा सादा ढॅुगा मात्र रहेको छ। यहॅा पहिला मूर्ति थियो जुन धेरै वर्ष पहिले चोरी भएको थियो। मूर्ति निकै उच्कृष्ट पुरानो भएको बुझिन्छ।

पहिला दुई वटा सिंह थियो। एउटा चोरी भएकोले एउटा मात्र बॅाकी रहेको छ। टोखामा पहिलै निकै शक्तिशाली गुभाजु थिए। उनले बज्रयोगिनी देवीलाई पूजा र व्रत वसी प्रशन्न तुल्याई मृत संजीवनी बुटी प्राप्त गरेको किम्वदन्ती छ। प्राचीन कालमा टोखा देखि सॅाखु सम्म विभिन्न क्षेत्रहरू समेटिएको एउटा शहर थियो । यस शहरमा धर्माकार भने राजाले शासन गरेका थिए। गुंभा : द्यो निकै शक्तिशाली वनदेवी को रूपमा लिइन्छ ।

टोखाबासीले विशेष सम्मानका साथ पुज्ने गरिन्छ । टोखाको बिस्का: जात्रामा प्राय : सबै देवीदेवताको रथ जात्रा गरिन्छ तर गॅुभा द्यःको भने गरिँदैन । थनेलाछीमा रहेको यंसी ढाले संगै जात्रा समापन हुन्छ यसै दिन यो जात्राको भाग भनेर पूजा गर्नेहरूको विशे घुइँचो लाग्ने गर्छ । प्रत्येक वर्ष चैत्र महिनाको अन्तिम सप्ताहमा राती तीनवटा आगोको मुस्लो बालेर सॅाखुको जंगलै जंगल भएर यस मन्दिरसम्म आउने गरेको देख्न पाइन्छ । स्थानीयहरू यसलाई साँखुकी बज्रयोगिनीले आफ्नो आमालाई भेट्न आएको प्रतिकको रूपमा सुनाउॅछन् । यो एउटा दैविक घट्ना जुन हरेक वर्ष हुने गरेको छ ।