
फिफा विश्वकप २०२६,आज जुन ११ देखि जुलाई १९, २०८३ सम्म सञ्चालन हुँदैछ। यसपटकको विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।फुटबलको महाकुम्भ विश्वकप-२०२६ आज मध्यराति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै फुटबलको महाकुम्भ सुरू हुनेछ।
४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो। किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्।
यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।
यो प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्।जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ।
विभिन्न कारणले रोचक हुने यो प्रतियोगिताका केही रोचक प्रसंगहरु यसप्रकार छन् ।
खेलका रंगशालाहरू: यो प्रतियोगिता उत्तर अमेरिकाका १६ वटा विभिन्न शहरहरूमा आयोजना हुनेछ। यसले गर्दा खेलका विभिन्न वातावरण र समर्थकहरूलाई एकै पटक धेरै स्थानमा अनुभव गर्ने मौका मिल्नेछ।
नयाँ पुस्ताको उदय: लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीहरूको यो अन्तिम ठूलो प्रतियोगिता हुन सक्ने आँकलन गरिएको छ। साथै, किलियन एम्बाप्पे, जुड बेलिङ्घम र भिनिसियस जुनियर जस्ता नयाँ पुस्ताका खेलाडीहरूको प्रदर्शनमा विश्वभरका समर्थकहरूको नजर रहनेछ।यस प्रतियोगितामा केही युवा प्रतिभाहरु पनि मैदानमा उत्रने भएका छन् ।
जसले प्रतियोगितामा ब्रेकआउट स्टारको रुपमा आफ्नो छवि छोड्न सक्छन् । त्यस्ता खेलाडीहरु स्पेनका लामिन यामाल,टर्कीका अर्दा गुलेर,अर्जेन्टिनाका निको पाज रहेका छन् । यसैगरी,ब्राजिलका एन्ड्रिक,नर्वेका एन्टोनिओ नुसा,बेलायतका निको ओरेली पनि रहेका छन् । यी युवा खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने यो सबैभन्दा ठूलो मञ्च बनेको छ ।
प्रसारण र पहुँच: प्रविधिको विकाससँगै यो विश्वकप विश्वभरि नै उच्च गुणस्तरमा प्रत्यक्ष प्रसारण हुँदैछ। नेपालमा पनि डिजिटल प्लेटफर्महरू र टेलिभिजनमार्फत खेलको मजा लिन सकिन्छ।
अर्थतन्त्रमा प्रभाव: यति ठूलो मात्रामा ४८ टोली र १०४ खेलहरू आयोजना गर्दा आयोजक देशहरूमा पर्यटन र व्यापारमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।
संयुक्त आयोजना: यो विश्वकप फुटबलको इतिहासमा पहिलो पटक तीनवटा देश—अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।
टोलीको संख्या : यस संस्करणमा ४८ वटा राष्ट्रहरूले सहभागिता जनाउँदै छन्, जुन इतिहासमै सर्वाधिक हो। यसअघि ३२ टोलीले मात्र सहभागिता जनाउने गरेका थिए।
खेलको ढाँचा: यो विश्वकप ३९ दिनसम्म चल्नेछ र यसमा कूल १०४ वटा खेलहरू हुनेछन्। सहभागी राष्ट्रहरूको संख्या बढेसँगै नकआउट चरणमा एउटा अतिरिक्त चरण थपिएको छ।
उद्घाटन र समापन : विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीको ऐतिहासिक ‘अज्टेका रंगशाला’ मा हुँदैछ, भने यसको फाइनल खेल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित ‘मेटलाइफ स्टेडियम’ मा हुनेछ।
दाबेदार टोलीहरू : हालको फिफा वरीयता र पछिल्लो प्रदर्शनका आधारमा फ्रान्स, स्पेन, अर्जेन्टिना, इङ्गल्यान्ड र पोर्चुगललाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ।
फुटबल समर्थकहरूका लागि यो विश्वकप आफ्नो मनपर्ने टोली र खेलाडीहरूको कला हेर्ने एउटा ठूलो अवसर हो। नेपाल विश्वकपमा सहभागी नभए पनि यहाँका फुटबल प्रेमीहरूमा भने विश्वकपको रौनक र चर्चा उत्तिकै छ।
यसपटकको विश्वकपमा ४८ टोली सहभागी हुने भएकोले समूह चरणमा १२ वटा समुहमा खेल हुनेछ,जहाँ ४-४ टोली रहनेछन् । नकआउट चरणमा समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ तेस्रो स्थानका टोली गरी ३२ टोलीले राउण्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।
उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबिच नेपाली समय अनुसार जुन १२,विहान १२: ४५ बजे हुनेछ ।
कसले उपाधिमा कब्जा जमाउला ?
अहिले नै फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भनेर एकिन गर्न सकिँदैन् । तर पहिलेका प्रदर्शन,फुटबल सम्बन्धि विभिन्न विश्लेषणहरुको आधार,हालको फिफा वरीयता र पछिल्लो प्रदर्शनका आधारमा फ्रान्स, स्पेन, अर्जेन्टिना,ब्राजिल,इङ्गल्यान्ड र पोर्चुगललाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ। मध्येले यो उपाधि जित्ने अनुमान लगाउन सकिन्छ ।
अब फुटबलको मैदानमा हुने ९० मिनेटको खेलमा के हुन्छ भन्ने कुरा नै यसको असली रोमाञ्चकता हो । अन्तिमसम्म टोली कुन टिकिरहन्छ भन्ने अनुमान भने गाह्रो छ ।
(इखबर नेट न्यूज डेक्स)
