pm office
काठमाडौँ। सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ।
प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ७०१ वटा सुविधाका गाडी फिर्ता ल्याएको हो।
उनका अनुसार विभिन्न ३४ निकायबाट गाडी फिर्ता ल्याइएको छ। त्यसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत लगिएका २६ वटा गाडी फर्काइएका छन्।
सबभन्दा बढी अर्थ मन्त्रालयबाट लगिएका १२४ वटा गाडी फिर्ता ल्याइएको छ। त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गएका १६, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट गएका १६ सवारी साधन फिर्ता ल्याइएको छ।