काठमाडौँ। लघुकथाकारत्रय प्रा.विश्वराज अधिकारी, डा.कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलको संयुक्त लघुकथासङग्रह ‘त्रिकुटी’ को लोकार्पण गरेको छ।
छन्दकवि तथा प्राध्यापक पीताम्बर दाहालको अध्यक्षता तथा लोकप्रिय कथाकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।
नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा भएकाे सो कार्यक्रममा सभाध्यक्ष छन्दकवि पीताम्बर दाहाल, प्रमुख अतिथि भागिरथी श्रेष्ठ, वक्ताहरू डा. दीनबन्धु शर्मा, महेश पौडेल, डा. नवराज खतिवडा, कथाकारहरू गौतम र पोखरेल लगायत कार्यक्रम सञ्चालक पौडेन्स विमुन्स, शान्ता तिम्सिना र एञ्जेल निलुले कृतिको सामूहिक लाेकार्पण गरेका हुन्।
शनिबार आयोजित उक्त कार्यक्रममाकार्यक्रममा डा. कुसुमाकर शर्मा गौतमको अविश्रान्त लघुकथासङ्ग्रहको विद्यालयस्तरीय समीक्षात्मक टिप्पणीको प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने १० विद्यार्थीलाई प्रमुख अतिथि कथाकार श्रेष्ठबाट पुरस्कृत गरिएको थियो।
लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमले स्वागत गरेका थिए।
शब्दार्थ प्रकाशनद्धारा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।