काठमाडौं । सुदन किराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी श्रम संस्कृति पार्टीले किरातीलाई स्वागत गरेको हो।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य रहेका किराँतीले केही अघि मात्रै पार्टी छाडेका थिए।