काठमाडौँ।नेपाली कांग्रेसको देउवा पक्षले सर्वोच्च अदालतको फैसला मान्दै एकताका लागि बृहत् परामर्श गर्ने निर्णय लिएको छ ।
नेता पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले बताए ।
”फैसलाबारे असहमति छ । तर संवैधानिक निकायको फैसलालाई हामी स्वीकार गर्छौँ । एकताका लागि सबै पक्षसँग परामर्श आवश्यक छ । सबैसँग बृहत् परामर्श गर्ने भन्ने निष्कर्ष बैठकको छ,” उनले भने ।
एकताको सम्पूर्ण जिम्मेवारी अब कांग्रेस सभापति गगन थापाको काँधमा आएको नेता विश्वकर्माले बताए । ”पार्टीभित्र सांगठनिक र भावनात्मक एकता कायम गर्नुपर्ने दायित्व अब सभापति थापाकै जिम्मेवारीमा आएको छ,” उनले भने ।