
लघुकथा
मुस्कानको रङ
गंगा खड्का
” मान्छेहरूको देखासिकी देखेर नि म त छक्क पर्छु ! ”
” के भयो र बा ? मोबाइल हेर्दै भुतभुताउन पो थाल्नुभयो त ?” एक्लै भुतभुताइरहेका राधाकृष्णलाई राजेशले सोधे ।
” हेर न बाबु । छोराछोरीले हस्पिटलमा भर्ना भएका बुढा बालाई होलीको रङ दलेर होली मनाएको फोटो हालेका ।”
राधाकृष्णले राजेशलाई मोबाइल देखाउँदै भने ।
फोटाहरू र क्याप्सनलाई खुब घोरिएर हेरेपछि राजेशले भने, “यसमा छक्क पर्ने कुरा भन्दा नि मलाई त खुसी पो लाग्यो त बा ।औषधिले दल्न नसकेको मुस्कानको रङ छोराछोरीले दलिदिएका होलीको रङले पो दलेको रहेछ त ।”






