
काठमाडौँ।भारत, बिहारको राजनीतिका प्रभावशाली नेता नितिश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
योसँगै उनको बीस वर्ष लामो मुख्यमन्त्रीको करिअर अन्त्य भएको छ।
नितिशको राजीनामापछि भारतीय जनता पार्टी (भाजपा) ले उपमुख्यमन्त्री सम्राट चौधरीलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको छ।
जनता दल (युनाइटेड) का नेता नितिश भने राज्यसभामा गएका छन्।
बिहारमा नितिशको असाधारण इतिहास छ। सन् १९७४ मा जनता पार्टीबाट एक नवप्रवेशीको रूपमा राजनीति सुरू गरेका उनले ५० वर्षभन्दा बढी समय बिहारको राजनीतिमा प्रभुत्व जमाए।
यसरी बिहारको मुख्यमन्त्रीका रूपमा १० औं पटक शपथ लिएको चार महिना पनि नबित्दै उनी अब बिहारको सरकार प्रमुख नरहने निश्चित भएको छ।

