काठमाडौँ । खेलभावनाविपरीत अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा परेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले उनलाई कारबाही गरेको हो ।
केसीलाई कारबाहीस्वरुप एक खेलमा प्रतिबन्ध लगाउने र खेलको फि पनि नदिने निर्णय भएको हो ।
विभागीय टिम नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई क्यानले आइतबार (चैत २९) एक खेलका निम्ति प्रतिबन्ध लगाएको हो ।
शनिबार (चैत २८) करणले सामाजिक सञ्जालमा यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ? भनेर सामाजिक सञ्जाल ‘एक्स’मा कमेन्ट गरेका थिए । आइतबार संघले उनको यही कमेन्टप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही गरेको हो ।
करणले माफी मागे पनि क्यानले कारबाहीको निर्णय लिएको हो ।