काठमाडौं । आज जनआन्दोलन दिवस ।आज नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुन:स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो ।
नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुन:स्थापना भएको हो ।