
कविता
लक्ष्मी श्रेष्ठ ‘रेशमी’
कथाहरु!
अचानक भेटिएका हामी
सङ्गै गरेको त्यो यात्राका
बग्रेल्ती सम्झनाहरु
नमेटिएको दाग जस्तै
छाप बनेर टाँसिएका छन्
जति धोएपनि घोटेपनि
अहँ! छुटेको छैन पटक्कै
मनको तालमा
यता-उता, दायाँ-बायाँ
डुङ्गा जस्तै तैरीरहेछन्
मौनता भित्रका आवाजहरु
सुन्दर सङ्गीत झैँ
एकोहोरो बजिरहेकाछन्
मधुर धूँनमा
जति थुनेपनि,बन्दगरेपनि
अहँ,रोकिएको छैन
मस्तिष्कको कुना कुनामा
भित्र-बहिर,नजिक-पर
अर्क्रेस्टाको मीठो धुन बनेर
निरन्तर बजिरहेछन्
तिम्रो र मेरो
छोटो यात्राका
लामा कथाहरु!
चन्द्रपुर, रौतहट