
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् ।सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए ।दीप प्रज्वलन मार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।
