
काठमाडौं । काठमाडौंका तत्कालीन प्रजिअ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो ।
उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए ।भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।



