काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् ।
यसै क्रममा शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ति लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।
जिम्मेवारी छाड्न केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिम्मेवारी छाडिसकेकी छिन् ।
स्रोतका अनुसार अनौपचारिक रुपमा आफ्नो कार्यालयबाट विदा भैसकेकी छिन् ।त्यसपछि प्रधानमन्त्री कार्की सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीले लिएर गएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित निजी निवास सारिसकेको छ । केही दिनदेखि टोखास्थित कार्की निवासमा सुरक्षाकर्मीहरू राख्न आवश्यक पर्ने संरचना बनाउने गृहकार्य भइरहेको थियो ।
कार्की यसअघि पूर्वप्रधानन्यायाधीश मात्रै थिइन् । अब पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षाका लागि उनको निवासमा सुरक्षाकर्मीको टोली थप्न लागिएको हो ।
‘