
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ स्थित भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकु बस्दै अँएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह छन् ।
शुक्रवार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए ।
गएराति उपचार को क्रममा ट्रमा सेन्टरमा दुवै जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।बस चालक दोलखा घर भएर कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

