बुटवल । वर्षा पछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका- ३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्न केही घण्टा लाग्नेछ ।सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राइभर्सन गरिएकोमा उक्त सडक समेत अवरुद्ध भएको जनाइएको छ ।