
भरतपूर ।चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना भएको छ ।
दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् ।
उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा।प्र ०६ -००१ ह ०३१५ नम्बरको अटो आफैं अनियन्त्रित भएर नालीमा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक राप्ती नगरपालिका-९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका -८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

