रौतहट । नेपाली कम्यूनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल पराजित भएका छन् ।
रौतहट क्षेत्र नं. १ मा रास्वपाका राजेश कुमार चौधरी २८ हजार ९ सय ४६ मत प्राप्त गरी विजयी हुँदा नेपाल ७ हजार ६ सय ६९ मा सिमित भए ।
चौधरीका निकटतम प्रतिद्धन्दी नेकपा (एमाले)का उमेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत ल्याए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनिलकुमार झाले आठ हजार ५७४ मत पाए ।