काठमाडौं ।अछाम-१ बाट निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भीम रावलले १० हजार २३३ मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम-१ बाट पराजित भएका छन् ।
उनी नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् ।
अछाम-१ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् ।