काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको सपथ लिँदैछन् । उनको सपथ ग्रहण समारोह मंगलबार हुँदैछ ।
आजै परराष्ट्रमन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन् ।