
काठमाडौं । साहित्यिक संस्था समन्वय समितिको पहलमा ५१ विभिन्न संस्थाहरूले ९० वर्षीय अग्रज कवि द्वारिका श्रेष्ठलाई सामूहिक अभिनन्दन गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाज, नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, उपन्यास समाज, लघुकथा समाज, एपेक नेपाल, सुनकोसी वाङ्मय प्रतिष्ठान, दैवज्ञराज न्यौपाने प्रतिष्ठान, सुनकोशी वाङ्मय प्रतिष्ठान, वासुशशि स्मृति परिषद्, जरा फाउन्डेसन, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठान, कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी सहितका ५१ विभिन्न संस्थाहरूले कवि श्रेष्ठको सामूहिक अभिनन्दन गरे । साथमा कवि पत्नी कथाकार जलेश्वरी श्रेष्ठलाई पनि सम्मानित गरियो ।
कार्यक्रममा श्रेष्ठले आफूलाई खुसी लागेको बताउँदै कविता लेखेरै आज यो सम्मान प्राप्त गरेको बताए । उनले आफूले आउँदा दिनमा पनि कविता लेखेरै यो सम्मानको परिपूर्ति गर्ने उल्लेख गरे ।
कवि श्रेष्ठले त्यसबखतका पत्रपत्रिकाको स्मरण गर्दै साहित्यिक पत्रिकाहरू लामो समयसम्म किन बाँच्न नसकेको होला भन्ने चिन्ता व्यक्त गरे । उनले राज्यले साहित्यकारलाई सधैँ उपेक्षित गरेको बताउँदै काव्य क्षेत्रमा नयाँ जागरण आउनुपर्नेमा जोड दिए ।
कवि श्रेष्ठले प्रज्ञा प्रतिष्ठन राजनीतिक भागवण्डामा मुछिएकोले त्यस्ता संस्थाबाट नेपाली साहित्यको सम्बर्द्धन नहुने बताए । उनले आफ्नो एउटा कविता वाचन गरे ।
कार्यक्रममा प्रमोद प्रधानले कवि द्वारिकाको काव्यकारिताको चर्चा गर्दै ७० वर्षको उनको कविता लेखन यात्राबारे बोले ।
कार्यक्रममा समन्वय समितिका राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, मोमिला जोशीले कवि श्रेष्ठको काव्यिक सक्रियता, उर्जाशील लेखन जीवन


