
काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान भएको हो।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको हो।
आज बिहान नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेका थिए।
