
काठमाडौं।काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझा ५ बजेर ४५ मिनेटमा बस दुर्घटनामा परेको हो ।
नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको हो ।
सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको एसपी भट्टराईले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा उपचार गरिँदै गरेको प्रहरीले जनाएको छ ।
