काठमाडौं।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
देशका केही भूभागमा आज बदली हुने भएको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैबाट तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
विभागले राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहने बताएको छ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौंको अधिकतम तापक्रम बढेर १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।

