
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।
बिहीबार दिनभर नै ललितपुरको ज्वागलमा नेताहरूसँग छलफलमा जुटेका थिए । राति पुनः निर्णायक वार्ता भइरहेको हो । विभिन्न चरणको वार्तामा उब्जिएका विषयपछि घिसिङ र बालेनबीच भेटवार्ता भएको हो ।
बालेन आगामी चुनावका लागि वैकल्पिक शक्ति निर्माणको दौडधुपमा छन् ।

