काठमाडौं ।नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाका पूर्व प्रमुख समेत रहेका चालिसेले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको जिकिरसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार चालिसे, उनकी श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर र सन्दीप तथा बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएर मुद्दा पेश भएको हो ।