काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।




