Prabhsimran Singh of Punjab Kings hitting a over boundary during match 13 of the Indian Premier League season 18 (IPL 2025) between Lucknow Super Giants and Punjab Kings held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 1st April 2025
Photo by: s Saikat Das / Sportzpics for IPL
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५७ रनको लक्ष्य दिएको हो । टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङ्को निम्तो पाएको हो ।
लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो । यता कर्णाली भने पहिलो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो ।
दुवै टिमले आज दोस्रो खेल खेल्दैछन् । जहाँ लुम्बिनी लगातार दोस्रो जितका साथ ४ अंक बनाउने दाउमा छ भने कर्णाली पहिलो जित निकाल्दै पुनरागमन गर्ने तयारीमा छ । आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ ।