
भक्तपूर । नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, मंगलबार ओली निवास गुण्डुमा दुई नेताबीच भेट भएको हो ।
ओली र खनालबीच एकता र एमाले पार्टीमा प्रवेशका बारेमा छलफल भएको बस्नेतले जानकारी दिए । उनीहरूबीच सौहार्द कुरा भएको र थप छलफल गर्ने भनेर भेटवार्ता टुंगिएका बस्नेतले जानकारी दिए ।
नेकपा (माओवादी) केन्द्र र एकीकृत समाजवादीसहितका समाजवादीमा सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुषाल लगायतका थुप्रै नेता माओवादीसँग पार्टी एकताको विपक्षमा छन्।

