काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट शीर्ष पदाधिकारीहरूसँग आज बिहान छलफल गरेका छन्।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय, बिशालनगरमा आयोजित उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डेसँग परामर्श गरेका हुन्।
पार्टीमा देखिएको आन्तरिक गतिरोध अन्त्य गर्दै नियमित महाधिवेशनको कार्यतालिका तय गर्ने उद्देश्यले छलफल गरेको जनाइएको छ।
नेपाली कांग्रेसमा हाल महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद चर्किएको छ।