
काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्ने तय गरिएको बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।
बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
सचिवालय बैठक हिजो बसेर स्थगित भएको थियो र आज बस्ने तय गरिएको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार मध्याह्नबाट झन्डै साढे ६ घन्टा बैठक चलेर स्थगित भएको बैठक आज बस्ने भनिएको थियो।




