
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । शीतलनिवासमा केहि बेरअघि बैठक सुरु भएको हो ।
राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको विषयमा छलफल अग्रण सरकार र राजनीतिक दलहरूसँग सामूहिक छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग नेताहरू सहभागी छन् ।
सर्बदलीय बैठकमा राजनीतिक दलका शिर्ष नेताको भने उपस्थिति रहेको छैन ।
बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र मिना लामा, एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी रहेका छन् ।
त्यस्तै जसपाबाट रेणु यादव, जनमत पार्टीबाट सिके राउत र जयकुमार राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारी, नाउपाबाट रेशम चौधरी र नेमकिपाबाट सुनिल प्रजापती सहभागी छन् ।
