
काठमाडौं।शीतल निवासमा राष्ट्रपति रामचन्द्रपौडेल, प्रधानमन्त्री सुसिला कार्की र सञ्चारमन्त्री जगदीश खरेलबीच छलफल भएको छ ।
मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका हुन् ।
उनीहरुको भेटमा बाढीपहिरोबाट भएको क्षति, पछिल्लो राजनीतिक घटनाक्रम, २१ फागुनमा हुने निर्वाचनको तयारी लगायतका बारेमा छलफल केन्द्रित रहेको स्रोतले बताएको छ ।
