काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई बमबारी रोक्न आग्रह गरे पनि इजरायलले गाजा पट्टीमा आक्रमण जारी राखेको छ । कम्तीमा ७० जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न ल्याएको आफ्नो २० बुँदे योजनाका केही अंशहरू स्वीकार गरेपछि हमाससँगको सहमतिको प्रतिक्रियास्वरूप यस्तो आग्रह गरेका थिए ।
शनिबार भएको बमबारी र हवाई हमलामा मारिएका पीडितहरूमध्ये कम्तीमा ४५ जना भोकमरीग्रस्त गाजा सहरका थिए, जहाँ इजरायली सेनाले पछिल्ला हप्ताहरूमा निरन्तर आक्रमण गरिरहेको छ ।
यसका कारण करिब १० लाख बासिन्दा दक्षिण क्षेत्रमा भाग्न बाध्य भएको बीबीसीले जनाएको छ।