काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
रोहित पौडेलको कप्तानीमा क्यानले शुक्रबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, सन्दिप लामिछाने,कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।
नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ।