
काठमाडौं।नेकपा माओवादी केन्द्रले संसद विघटन गर्ने निर्णयप्रति असहमति जनाएको छ।
शुक्रबार बेलुकी शीतल निवासमा भएको छलफलबाट अन्तरिम सरकार गठन र संसद विघटन गर्न भएको सहमतिप्रति माओवादी केन्द्रले असहमति जनाएको हो।
अन्तरिम सरकार गठनको सहमति भएपछि माओवादी केन्द्रको पदाधिकारीको भर्चुअल बैठक बसेको थियो।
बैठकले उक्त सहमतिलाई मुलुकको संवैधानिक व्यवस्था विपरीत भनेको छ।
‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसद विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रूपमा असहमति रहेको निर्णय गरेको छ ‘ बैठकपछि माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जारी गरेको विज्ञप्तिमा भनेका छन्।


