
ललितपूर। राष्ट्रिय मानवअधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने बताएको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ ।”
संकटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएको आयोगले जनाएको छ ।
, “देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्दछ ।”
सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्योलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको आयोगले औँल्याएको छ । “यसका लागि राष्ट्रिय मानवअधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको छ,” आयोगले भनेको छ ।