
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ ।
सवा ३ बजेतिर सुरु भएको बैठक अहिलेसम्म पनि चलिरहेको प्रशासनिक विशेष स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली अध्यक्ष रहेको परिषद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा, रक्षा मन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी रहेको बताइएको छ ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका युवाको आन्दोलन हिंसात्मक बन्दा डेढ दर्जनको मृत्यु भएको छ भने सयौँ जना घाइते भएका छन् ।



