काठमाडौं — बुद्ध प्रकाश फाउन्डेशनले प्राचीन बौद्ध साधनाको अटुट परम्परा अन्तर्गत अभिधर्ममा आधारित ६-हप्ते ध्यान प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको छ ।
“अभिधर्म ध्यानयात्रा: बुद्धप्रज्ञामा चित्तको निर्मल उज्यालो” शीर्षकको यो कार्यक्रम भदौ १ गतेदेखि असोज ९ गतेसम्म स्वयम्भूस्थित बुद्ध प्रकाश फाउन्डेशनको ध्यान केन्द्र बोधि गृहमा हुनेछ । खेन्पो पेमा होसेरले प्रशिक्षण दिनुहुने यो कार्यक्रम बुद्धधर्मका सम्मानित शिक्षक मिङ्ग्युर रिन्पोछेले तयार पार्नुभएको ध्यान मार्गदर्शन “स्टेनलेस प्रज्ञा” लाई आधार बनाएर संचालन हुनेछ। अभिधर्ममा आधारित ध्यान प्रशिक्षण कार्यक्रम भदौ १ गतेदेखि काठमाडौं — बुद्ध प्रकाश फाउन्डेशनले प्राचीन बौद्ध साधनाको अटुट परम्परा अन्तर्गत अभिधर्ममा आधारित ध्यान प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको छ। “अभिधर्म ध्यानयात्रा: बुद्धप्रज्ञामा चित्तको निर्मल उज्यालो” शीर्षकको यो कार्यक्रम भदौ १ गतेदेखि असोज ९ गतेसम्म स्वयम्भूस्थित बुद्ध प्रकाश फाउन्डेशनको ध्यान केन्द्र बोधि गृहमा सञ्चालन हुनेछ। यो ध्यान प्रशिक्षण श्रद्धेय मिङ्ग्युर रिन्पोछेरचित स्टेनलेस प्रज्ञा (Stainless Prajna: Stages of Meditation on the Treasury of Abhidharma) मा आधारित छ, जसमा प्राचीन बौद्ध साधनाको अटुट परम्परा अनुसार व्यवहारिक ध्यान सिकाइ हुने बुद्ध प्रकाश फाउन्डेशनले बताएको छ। महान भारतीय आचार्य वसुबन्धुले करिब पाँचौं शताब्दीको पूर्वाधतिर रचना गर्नुभएको अभिधर्मकोष बौद्धदर्शनको एक प्रमुख ग्रन्थ हो, जसमा चित्त (मन) र यसका विविध पक्षबारे भगवान बुद्धका गहन शिक्षाहरू संग्रहित छन्।
श्रद्धेय मिङ्ग्युर रिन्पोछेको Stainless Prajna: Stages of Meditation on the Treasury of Abhidharma यसैमा आधारित ध्यान मार्गदर्शिका हो। सोही मार्गदर्शिकाअनुसार ध्यानको क्रमिक अभ्यास प्रस्तुत ६-हप्ते कार्यक्रममा गराइनेछ। प्रशिक्षण खेन्पो पेमा होसेरको निर्देशनमा हुनेछ। हिमाचल प्रदेशस्थित शेराब लिङ इन्स्टिच्युटबाट गहन आध्यात्मिक अध्ययन पूरा गरी २५ वर्षको उमेरमै खेन्पोको प्रतिष्ठित उपाधि प्राप्त गर्नुभएका उहाँ ध्यान र बौद्ध दर्शनको प्रशिक्षणमा विशेष दक्षता राख्नुहुन्छ। विगत करिब डेढ दशकदेखि उहाँ मिङ्ग्युर रिन्पोछेको सान्निध्यमा ध्यानसाधना र अध्यापन गर्दै आउनु भएको छ। साथै, तेर्गार ओसेल्लिङमा नेतृत्व भूमिकामा रहँदै नेपाल र विदेशमा तेर्गार इन्टरनेसनल तथा तेर्गार एशियाद्वारा सञ्चालन हुने विभिन्न ध्यान कार्यक्रमहरूमा प्रशिक्षण दिइरहनुभएको छ।
६ हप्ते यस प्रशिक्षणमा सहभागीहरूले ध्यान अभ्यासको क्रमिक तरिका, चेतना र मानसिक तत्वको अध्ययन, कर्म, पुनर्जन्म र मोक्षको अवधारणामा आधारित अभिधर्मको व्याख्या, साथै अन्तरक्रियात्मक प्रश्नोत्तरको अवसर पाउनेछन्। कक्षा आइतबारदेखि बिहीबारसम्म साँझ ५ बजेदेखि ६:३० बजेसम्म सञ्चालन हुनेछ। शुल्क रु. ५००० तोकिएको छ भने योग्य सहभागीका लागि छात्रवृत्ति उपलब्ध हुनेछ। कार्यक्रमपछि १० दिने ध्यान शिविरमा सहभागी हुने विकल्प पनि रहनेछ। फाउन्डेशनका अनुसार, यो कार्यक्रम ध्यान सिक्न सुरु गरेका वा आफ्नो अभ्यासलाई अझ गहिरो बनाउन चाहने सबैका लागि उपयोगी हुने बुद्ध प्रकाश फाउन्डेशनले बताएको छ। स्थान सीमित भएकोले इच्छुकहरूले चाँडै नाम दर्ता गर्न सिफारिस गरिएको छ। दर्ता लिंक: https://forms.gle/Np5sCX6kw8EkJKsb7
सम्पर्क: ९८४३४९१४१७ / ९८४७७७५०२४ | [email protected]