
हेटौंडा। बागमती प्रदेशका ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।
मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मन्त्रीहरूले शपथ लिएका हुन्।
मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए।

यसरी मन्त्री हुनेहरुमा नेकपा (एमाले) बाट मन्त्री हुनेहरू दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री,जयराम थापा, श्रम तथा रोजगार,भरतबहादुर केसी वन तथा वातावरण,मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री,विन्दु श्रेष्ठ, उद्योग मन्त्री,किरण थापा मगर, स्वास्थ्य मन्त्री,नेपाली कांग्रेसबाट कृष्णकुमार तामाङ, खानेपानी मन्त्री, शिवराज अधिकारी मन्त्रालय तोक्न बाँकी रहेका छन्।