काठमाडौं।प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।
आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।