
काभ्रे। वर्षाको कारण गएको पहिरोले विपि राजमार्ग विभिन्न तीन स्थानमा अबरुद्ध भएको छ ।
गएरातीदेखि अबरुद्ध भएको उक्त राजमार्ग अहिले विहानबाट खुलाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय,धूलिखेलले जनाएको छ ।
उक्त राजमार्गको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा बाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यसैगरी रोशी–९ स्थित खहरे खोलाको लेदो आएर गएरातिदेखि अबरुद्ध छ ।
साथै सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आएर सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।




