
काठमाडौं।नेकपा (एमाले)का नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग भट्टराईले मन्त्री गुप्ताको भनिएको अडियोको वास्तविकता बाहिर ल्याउनुपर्ने बताए ।
यस विषयमा संसद्मा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसद्मा आएर प्रस्ट पार्नुपर्ने उनको भनाइ छ ।
भट्टराईले यसमा मन्त्रीको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने धारणा राखे ।
उनले भने -‘एकदमै आधारहीन समाचार पनि आइरहेका छन्, यसको मतलब सबै त्यस्ता हुन् भन्ने होइन । आएका समाचारहरूको छानबिन होस्, प्रधानमन्त्रीज्यू पनि छानबिन गर्नुहोस् ।’


