काठमाडौं।सत्तारुढ दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूबीच छलफल भएको हो ।
बैठकमा ओली, देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।
छलफल समसामयिक राजनीतिक परिस्थितिमा केन्द्रीत रहेको अनुमान गरिएको छ ।